Birendranagar Municipality

चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको छः राष्ट्रपति सी

एजेन्सी
चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको छः राष्ट्रपति सी

फाइल तस्बिर गुगलबाट

१७ साउन । चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको बताएका छन् ।

 

नेपाल–चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा राष्ट्रपति सीले एक वक्तव्य जारी गरी दुई देशबीचको सम्बन्ध थप बिस्तार आफ्नो प्रमुख महत्वको विषय रहेको उल्लेख गरेका हुन् ।

 

द्वीपक्षीय सम्बन्ध बिस्तारका लागि नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग सहकार्यको चाहना पनि उनले व्यक्त गरेको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

 

नेपाल–चीन सम्बन्धको इतिहास पुरानो रहेको स्मरण गर्दै उनले यो सम्बन्ध समय अनुसार नयाँ बन्दै जाने बताएका छन् । यस्तै क्षेत्रीय स्थायित्व तथा विकासका लागि पनि नेपालसँगको सम्बन्ध बिस्तार आफ्नो प्राथमिकतामा रहेको सन्देशमा उल्लेख गरिएको सिन्ह्वाले जनाएको छ ।

 

गत वर्ष भएको नेपाल भ्रमणको स्मरण गर्दै उनले राष्ट्रपति भण्डारीसँगको भेटले दुई देशको सम्बन्धलाई थप बलियो बनाएको उल्लेख गरेका छन् । सीले दुई देश हरेक सहज–असहज परिवेशमा साथमा रहेको सन्देशमा उल्लेख छ ।

२०७७ साउन १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्