Birendranagar Municipality

'सिजन्स' पानीको जारमा लेउ भेटियो

सेरोफेरो/सुर्खेत
'सिजन्स' पानीको जारमा लेउ भेटियो

१९ साउन । सुर्खेतबाट उत्पादन हुने सिजन्स पानीको जारमा लेउ भेटिएको छ । वीरेन्द्रनगर १० बाट उत्पादन हुने कम्पनी सिजन्सको सिल गरिएको जारमा खान नमिल्ने लेउ भेटिएको वीरेन्द्रनगर ११ का जीवन आचार्यले जानकारी दिए ।

 

उनले भने 'हामी आमाको दुःखमा बसेको बेला जारको सफा पानी खानुपर्छ भनेर जार मगायौं, लेउ भेटिएपछि कम्पनीलाई पटक पटक जानकारी गराउदा यो सामान्य कुरा हो भनेर जवाफ दिए ।' यो उपभोक्ताको स्वास्थ्य माथिको ठुलो खेलवाड हो आचार्यले भने ।


सिजन्स पानी कम्पनीका संचालक भिम भण्डारीले काम गर्ने क्रममा गल्ती भएको र अन्य ठाउँबाट यस्तो गुनासो नआएको बताए । उनले भने 'हाम्रो कम्पनीमा सवै प्रकृया पुरा गरेर बजारमा पानी पठाउने गछौं, यो कसरी हुन पुग्यो, हामी आगामी दिनमा सच्याउछौं ।'

२०७७ साउन १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्