Birendranagar Municipality

अयोध्यामा राम मन्दिर निर्माणका लागि मोदीले गरे भूमि पूजा

एजेन्सी
अयोध्यामा राम मन्दिर निर्माणका लागि मोदीले गरे भूमि पूजा

२१ साउन । अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजा भएको छ । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भूमि पूजा गरेको हो ।

 

भूमि पूजाका लागि दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको थियो। भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघका प्रमुख मोहन भागवत र राज्यपाल आनन्दीबेन पटेलसहित सहभागी छन् । पूजामा सहभागी सबैले भौतिक दूरी कामय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

भूमि पूजा अघि मोदीले हनुमानगढीमा पूजा तथा आरती गरेका थिए । उनले रामललाको पनि दर्शन गरे । मोदी हेलिकप्टर मार्फत बिहान दिल्लीबाट अयोध्या गएका हुन् ।

 

अयोध्या जमिन विवादमा सर्वोच्च अदालतको फैसलापति केन्द्र सरकारले कोष बनाएको थियो । मंगलबार बिहान हनुमान गढीमा पूजा गरेर अयोध्यामा मन्दिर निर्माणका लागि विशेष भूमि पूजाको प्रक्रियाको सुरुवात भएको थियो ।

२०७७ साउन २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्