तस्विरः मेघराज खड्का
सेरोफेरो
४ असार, रुकुम । गृहमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले तराई मधेशका जनताको मताधिकार सुनिश्चित गर्न २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताएका छन् । निर्वाचन नसारेसम्म राष्ट्रिय जनता पार्टी चुनावमा आउने सम्भावना नभएको र राजपा चुनावमा नआएसम्म शान्तिपुर्ण रुपमा निर्वाचन गर्न नसकिने भएकाले निर्वाचन सार्नुपरेको उनको भनाई छ ।
प्रेस सेन्टर नेपाल रुकुमले सदरमुकाम मुसिकोट खलंगामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शर्माले राजपालाई सहमतिमा ल्याएर शान्तिपुर्ण वातावरणमा निर्वाचन गराउने र तराई मधेशका सबै जनताको मताधिकार सुनिश्चित गर्न नै २ नम्बर प्रदेशको चुनाव असोज २ गतेसम्मका लागि सारिएको दावि गरे ।
यसैगरी उनले असार १४ मा हुने दोस्रो चरणको निर्वाचनका लागि सरकारले सम्पुर्ण सुरक्षा व्यवस्था मिलाएको भन्दै ढुक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेका छन् ।
साथै उनले म्यादी प्रहरीलाई सम्मान स्वरुप प्रमाणपत्रको व्यवस्था गर्ने पनि घोषणा गरे ।
प्रतिकृया दिनुहोस्