Birendranagar Municipality

प्रचण्ड निवासमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

सेरोफेरो
प्रचण्ड निवासमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

२२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

 

प्रहरी अस्पतालमा गरिएको परीक्षण अनुसार बिहिबार उनीहरुमा संक्रमण पुष्टि भएको हो । सुरक्षा स्रोतका अनुसार प्रचण्ड निवासको गेटमा खटिएका सुरक्षाकर्मीमा संक्रमण देखिएको हो ।

 

बुधबार प्रचण्ड निवासका सबै सदस्य तथा सुरक्षाकर्मीहरुमा कोरोना परीक्षण गरिएको थियो ।

२०७७ साउन २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्