प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव उभिएकामध्ये बायाँबाट तेस्रो ।
२२ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले हालैमात्र काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई भेटेको पाइएको छ ।
मन्त्री यादवले गत साउन १७ गते बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री, गृहमन्त्रीसहित अन्य उच्च पदस्थ व्यक्तिलाई भेटेर साउन १८ गते जनकपुर फर्किएका थिए । उनले १९ गते स्वाब दिएका थिए । बुधबार साँझ आएको रिपोर्टमा आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री यादवले जानकारी दिए ।
बालुवाटारमा सम्पन्न प्रहरी समायोजनसम्बन्धी बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगायत ७ वटै प्रदेशका कानुन मन्त्रीहरूलगायतको सहभागीता थियो ।
संक्रमण पुष्टि भए पनि उनले आफूमा कुनै पनि लक्षण नभएको बताएका छन् । हाल उनी जनकपुरस्थित मन्त्री क्वार्टरमा आइसोलेसनमा बसिरहेका छन् ।
प्रतिकृया दिनुहोस्