Birendranagar Municipality

आईतबार देशभर ३८० मा कोरोना संक्रमण पुष्टि

सेरोफेरो
आईतबार देशभर ३८० मा कोरोना संक्रमण पुष्टि

२५ साउन । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी काठमाडौमा मात्र आईतवार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


यस्तै गएको २४ घण्टामा ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेहरुको सङ्ख्या १६ हजार ३१५ पुगेको छ ।

 

आईसोलेशनमा ६ हजार ५४४ जना रहेको मन्त्रालयले जनाएको छ । यसैगरी ११ हजार ३८ जना क्वरेण्टीनमा रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५ पुगेको छ ।

२०७७ साउन २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्