२७ साउन । मंगलबार मात्र नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २३ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । अब नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।
२४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । साथै पछिल्लो २४ घण्टामा एक सय ७१ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार ६ सय ६४ पुगेको छ ।
अहिले सात हजार दुई सय एक जना देशका विभिन्न ठाउँको आइसोलेशनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यसैगरी ११ हजार ५८ जना क्वरेण्टीनमा रहेका छन् ।
प्रतिकृया दिनुहोस्