२७ साउन । अव होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाईने भएको छ । २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल रेष्टुरेन्टबाट ‘टेक अवे’ सुविधान लिन पाइने र बसेर खान नपाइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।
सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुरेन्ट सञ्चालन हुन दिन पनि सोमबारबाट फेरि रोक लगाएको छ। त्यस्तै सरकारले भदौ १ गतेदेखि खोल्ने भनेको लामो दूरीका यातायात भदौ १६ गतेदेखि मात्र सञ्चालन गराउने भएको छ। यसैगरी अन्तराष्ट्रिय उडान भदौ मसान्तसम्म रोक्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए।
यसैगरी १० वटा नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाईने भएको छ । अब झापाको करभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कैलालीको गड्डा चौकी नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाइनेछ।
यसैगरी शैक्षिक संस्थाहरु, सभा, सम्मेलन, खेलकुद अर्को सुचना जारी नभएसम्मको लागी संचालन गर्न नपाइने खतिवडाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्