Birendranagar Municipality

पत्रकार बानियाँको शव मकवानपुरमा फेला

सेरोफेरो
पत्रकार बानियाँको शव मकवानपुरमा फेला

२८ साउन । कान्तिपुरका वरिष्ठ संवाददाता बलराम बानियाँको शव मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परेको छ ।

 

तीन दिनअघि राजधानीको बल्खुस्थित बागमती नदी किनारमा उनको जुत्ता चिप्लिएको अवस्थामा देखेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

 

बुधबार बिहान उनी बेपत्ता भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी परेको थियो । सिस्नेरीमा भेटिएको शव बानियाँकै भएको मकवानपुर प्रहरीले बुधबार पुष्टि गरेको छ ।

 

लामो समयदेखि कान्तिपुर दैनिकमा काम गरेका बानियाँले नागरिक दैनिकमा पनि काम गरेका थिए । तनहुँ स्थायी घर भएका पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

२०७७ साउन २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्