२८ साउन । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा वीरेन्द्रनगरका विभिन्न वडाहरुमा १८ जनामा कोरोना संक्रमित पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
मन्त्रालयका अनुसार सुर्खेतका १८ जना, दैलेखका ४ र सल्यानका १ जना गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कर्णाली प्रदेशमा जम्मा संक्रमितको संख्या २०३४ पुगेको छ ।
यसैगरी कर्णालीमा सक्रिय विरामीको संख्या १३४ जना रहेको मन्त्रालयले जनाएको छ । १८९४ जना डिस्चार्ज भएर घर फर्केका छन् ।

प्रतिकृया दिनुहोस्