Birendranagar Municipality

वीरेन्द्रनगर नगरपालिकाको सबै सेवा भदौ ५ गते सम्म बन्द रहने

सेरोफेरो/सुर्खेत
वीरेन्द्रनगर नगरपालिकाको सबै सेवा भदौ ५ गते सम्म बन्द रहने

२८ साउन । वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरसको संक्रमणको दर बृद्धि भएपछि २०७७ भदौ ५ गते सम्म नगरपालिका र सम्पुर्ण वडा कार्यालयहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

 

बुधबार बसेको नगर स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले एक सूचना जारी गर्दे २०७७ साउन ३० गते शुक्रबार देखि २०७७ भाद्र ५ गते शुक्रबार सम्मको लागी नगरपालिका र वडा कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको जानकारी दिए ।


यस अवधिमा कोरोना व्यवस्थापन, स्वास्थ्य सरसफाई तथा फोहोरमैला व्यवस्थापन र विपद् व्यवस्थापनका कार्यहरु सुचारु हुने नगरपालिकाले जनाएको छ । नगरक्षेत्रमा कोरोनाको जोखिम बृद्धि भएसंगै अत्यावसेक काम बाहेक घर बाहिर ननिस्कन र होम क्वारेन्टाईनमा बस्न नगरपालिकाले सबैमा अपिल गरिएको छ ।

 

साथै चाडपर्व तथा धार्मिक संस्कृतिक रुपमा भिडभाड हुने गतिविधी संचालन नगर्न समेत नगरपालिकाले अनुरोध गरेको छ । वीरेन्द्रनगरमा बुधबार मात्र १८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमण थप फैलिन नदिन कार्यालय बन्द गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

Service Closed BNP

२०७७ साउन २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्