Birendranagar Municipality

२४ घण्टामा ४८४ जना कोरोना संक्रमित थपिए, एकैदिन १० जनाको मृत्यु पुष्टि

सेरोफेरो
२४ घण्टामा ४८४ जना कोरोना संक्रमित थपिए, एकैदिन १० जनाको मृत्यु पुष्टि

२८ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ४८४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।


कारोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । गत सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका ६ का ५२ वर्षीय पुरुष र मङ्गलबार दिउँसो वीरगञ्ज महानगरपालिका १६ को सडकमा मृत भेटिएका बाराको विश्रामपुर ५ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको हो ।

 

यसअघि काठमाण्डौको किस्ट अस्पतालमा उपचारको क्रममा काठमाण्डौको टेकुकी ७८ वर्षीया महिला र बाराको कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको थियो । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाको जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा जनकपुरकै ७२ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

धादिङको नीलकण्ठ नगरपालिका १४ को धुँवाकोटका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा कपिलवस्तु नगरपालिका २ को तौलिहवाका ४२ वर्षीय पुरुष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यसैगरी सप्तरीको डाक्नेश्वरी–८ घर भइ राजविराज ६ मा बस्ने ७२ वर्षीय पुरुषको आइसोलेशनमा लैजाने क्रममा एम्बुलेन्समै मृत्यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ जना पुगेको छ ।

 

देशभर १६ हजार ७२८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

२०७७ साउन २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्