Birendranagar Municipality

आजदेखि काठमाडौं उपत्यका आउजाउ बन्द

सेरोफेरो
आजदेखि काठमाडौं उपत्यका आउजाउ बन्द

२९ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यका आउजाउ गर्न रोक लगाएको छ ।

 

गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै बिहीबारदेखि लागु हुनेगरी हाल जारी हुँदै आएका सवारी पास बन्द गर्न निर्देशन दिएको थियो ।

 

सोही पत्र बमोजिम काठमाडौँ उपत्यका बाहिर जाने सवारी साधनका लागि वितरण गर्दै आएको पास अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै उपत्यका बाहिरबाट आउने सवारीका लागि दिँदै आएको स्वीकृति पनि बन्द गरिएको छ ।

 

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि पछिल्लो समय सरकारले एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावत रोक्ने निर्णय गरेको हो ।

२०७७ साउन २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्