सेरोफेरो
४ असार, महेन्द्रनगर । समाचार लेखेकै कारण पक्राउ गरिएका पत्रकार खेम भण्डारी र गणेश भट्टलाई प्रहरीले भर्खरै रिहा गरेको छ ।
महेन्द्रनगरबाट प्रकाशित मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई कञ्चनपुर प्रहरीले सार्वजनिक अपराध गरेको आरोपमा अनुसन्धानका लागि भन्दै शनिबार कार्यालयबाटै पक्राउ गरेको थियो ।
संचारमाध्यमको बिरुद्धमा आएका उजुरी लिएर सिधै अदालत वा प्रेस काउन्सिल जानु पर्नेमा प्रहरीले सुनियोजित रुपमा दुःख दिने नियतले पत्रकारलाई पक्राउ गरेको भन्दै पत्रकार महासंघको अगुवाइमा पत्रकारहरु आन्दोलित भएपछि प्रहरीले रिहा गरेको हो ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बिरुद्धमा प्रहरीले चालेको उक्त कदमको चौतर्फि बिरोध भएपछि उक्त मुद्दा अघि नबढाउने सर्तमा प्रहरीले पत्रकार द्वोयलाई रिहा गरेको हो’ नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष सुर्यमणी गौतमले भने ।
कञ्चनपुरमा लामो समय पत्रकारितामा रहेका भण्डारी न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् । उनले मानसखण्ड दैनिक र रेडियो महाकालीमार्फत कञ्चनपुरमा प्रहरीका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएका थिए । यसैगरी पक्राउ गरिएका अर्का पत्रकार भट्ट मानसखण्ड दैनिकै कार्यकारी सम्पादक हुन् ।
प्रतिकृया दिनुहोस्