Birendranagar Municipality

प्रदेश नं १, ५ र ७ मा मनोनयन दर्ता

सेरोफेरो

०४ असार काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्र्तगत आज मनोनयन दर्ता भएको छ । तिन प्रदेशको ३५ जिल्ला अन्र्तगत ३३४ स्थानिय तहमा मनोनयन दर्ता भएको हो । बिहान ८ बजे देखि शुरुभएको मनोनयनमा उत्साहका साथ पार्टिहरुले मनोनयन दर्ता गरेका छन् ।

 

प्रदेश नं १, ५ र ७ मा हुन गइरहेको निर्वाचनमा एक महानगरपालिका, ७ उपमहानगर पालिका, १११ नगरपालिकामा मेयर र उप मेयर तथा २१५ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन् ।

 

यसैगरी वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुइ जना खुला वडा सदस्यमा समेत मनोनयन दर्ता भएको छ । यस निर्वाचनमा १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । ४ हजार ५८१ मतदान स्थाल तथा ८ हजार ३६४ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

 

२०७४ असार ०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्