सेरोफेरो
५ असार, काठमाडौं । एशियाली पूर्वाधार लगानी बैंकले नेपालमा १ खर्ब १४ अर्ब लगानी गर्ने भएको छ । दक्षिण कोरियाको सियोलमा सम्पन्न बैंकको बैठकले नेपालमा उक्त लगानी गर्ने निर्णय गरेको हो ।
बैठकमा भाग लिएर सोमबार नेपाल फर्केका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विमानस्थलमा पत्रकारहरुसंग भने– ‘बैंकले यसै बर्षभित्र तराईका सात जिल्लाको पूर्वाधार विकासका लागि २८ अर्ब र काठमाडौंको विद्युत् विकासका लागि १० अर्ब लगानी गर्नेछ ।’
कार्कीले भने–‘बैंकले नेपाल सरकारको प्रस्ताव बमोजिम काठमाडौंको सामाखुशी–टोखा सडकको स्तरोन्नत्तिका लागि २२ अर्ब, पोखरा–बेनी–जोमसोम सडक विस्तारका लागि १६ अर्ब, तामाकोशी तेस्रो जलविद्युत् आयोजनाका लागि १८ अर्ब लगानी गर्ने निर्णय पनि गरेको छ ।’
मन्त्री कार्कीका अनुसार एआइआइबि नेपालका अन्य पूर्वाधार विकासमा लगानी बढाउन इच्छुक छ ।
प्रतिकृया दिनुहोस्