फाईल तस्विर
सेराफेरो
६ असार, काठमाडौ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा च्यातिएका मतपत्र झिकाउन आदेश दिएको छ । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९मा पुन मतगणना गर्ने वा पुन मतदान गर्ने भन्ने बिषयमा सर्वोच्च अदालतमा शुरु भएको बहसको क्रममा च्यातिएका मतपत्र एक साता भित्र झिकाउने आदेश भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलाशले मंगलबार त्यस्तो आदेश दिएको हो । साथै इजलाशले निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय समेत झिकाउने आदेश दिएको छ ।
इजलाशमा रिट निवेदकका तर्फबाट शम्भु थापा, टिकाराम भट्टराई र हरि उप्रेतीले बहस गर्नु भएको थियो भने निर्वाचन आयोगका तर्फबाट हरिहर दाहालले बहस गर्नु भएको थियो ।
भरतपुर महानगरपालिकाको उक्त वडाको मतगणना गर्ने क्रममा ९० वटा मत च्यातिएको पाइएपछि निर्वाचन आयोगले पुनमतदान गराउने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस्