तस्बिरः अन्नपुर्ण पोष्ट
सेरोफेरो
६ असार, सुर्खेत । प्रदेश नम्बर ६ का जनप्रतिनिधिहरु सुर्खेतमा भेला भएका छन् । स्थानीय तह संचालन तथा व्यवस्थापन विषयमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख गरि १५८ जनाको सहभागीता रहेको छ ।
बिहीवारसम्म संचालन हुने अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरुलाई स्थानीय सरकारको संचालन, कर्मचारी परिचालन, आर्थिक व्यवस्थापन बारे जाकारी गराइने बताइएको छ ।
जिल्ला समन्वय समिति सुर्खेतका स्थानीय विकास अधिकारी अमृतकुमार लम्सालले जनप्रतिनिधिहरुलाई उनिहरुको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी दिनको लागि सो कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, प्रशासकीय अदालतका अध्यक्ष काशिराज दाहाल र उपमहालेखा परीक्षक बाबुराम गौतमले जनप्रतिनिधिहरुलाइ गर्नुपर्ने काम तथा प्रकृयाको विषयमा जानकारी गराए ।
प्रदेश नम्बर ६ मा २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका रहेका छन् ।
प्रतिकृया दिनुहोस्