सेरोफेरो
७ असार, काठमाडौं । नेपाल सरकारले नयाँ मर्यादाक्रम जारी गरेको छ । हालै निर्वाचित स्थानीय तहका पदाधिकारीहरुलाई समेत समेटी सरकारले उक्त मर्यादाक्रम जारी गरेको हो ।
स्थानीय तहका पदाधिकारीहरु निर्वाचित भई आएपश्चात् उनीहरुको मर्यादाक्रमसम्बन्धि आवश्यक व्यवस्था गर्न मन्त्रालयले नयाँ मर्यादाक्रम जारी गरेको हो । मर्यादाक्रम अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख क्रमशः प्रथम पाँच स्थानमा रहेका छन् ।
हेर्नुहोस् सूची
१. राष्ट्रपति
२. उपराष्ट्रपति
३. प्रधानमन्त्री
४. प्रधानन्यायाधीश
५. सभामुख
६. पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री
७. मन्त्री, व्यवस्थापिका संसदका विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, व्यवस्थापिका संसदका उपसभामुख र पूर्वसभामुख
८. राज्यमन्त्री, संविधानसभा तथा व्यवस्थापिका संसदका विभिन्न समितिका सभापति
९. योजना आयोगका उपाध्यक्ष र प्रज्ञाप्रतिष्ठानका कुलपति
१०. सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायपरिषदका सदस्य
११. सहायक मन्त्री
१२. संविधानसभा/ब्यवस्थापिका संसदका सदस्य
१३. संबैधानिक निकायका प्रमुख, महान्यायाधीवक्ता, नेपाल सरकारका मूख्य सचिव, प्रधान सेनापति, संसद सचिवालयका महासचिव
१४. उच्च अदालतका मुख्य न्यायाधीश, राष्ट्रिय योजना आयोगका सदस्य, संबैधानिक निकायका पदाधिकारी, नेपाल राष्ट्रबैंकका गभर्नर, प्रज्ञाप्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका उपकुलपति
१५. नेपाल सरकारका सचिव, नेपाल सरकारका बिशिष्ट श्रेणिका कर्मचारी, नेपाल स्थित विदेशी राजदुत, सार्कका महासचिव, नेपाली राजदूत, सर्बोच्च अदालतका रजिष्ट्रार, नायब महान्यायाधिवक्ता, उच्च अदालतका न्यायाधिश
१६. रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसन्धान विभाग), नेपाल स्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक
१७. उपरथी, अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मूख्य अनुसन्धान निर्देशक
१८. जिल्ला समन्वय समितिका निर्वाचित सभापति, महानगरपालिकाका प्रमुख (निर्वाचित)
१९. नेपाल सरकारका सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, जिल्ला न्यायाधीश, राजपत्रांकित प्रथम श्रेणिका कर्मचारी, उपमहानगरपालिकाका प्रमुख (निर्वाचित), नगरपालिकाका प्रमुख (निर्वाचित)
२०. नेपालस्थित विदेशी कन्सुलर जनरल, नेपालस्थित अन्य अन्तरसरकारी संस्थाका प्रमुख
२१. सहायक रथी, प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी नायव महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक
२२. महासेनानी, प्रहरी बरिष्ठ उपरिक्षक, सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक
२३. नेपाल सरकारका उपसचिव, निर्देशक, राजपत्रांकित द्वितीय श्रेणिका कर्मचारी
२४. प्रमुख सेनानी, प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक
२५. सेनानी, प्रहरी नायव उपरिक्षक, सशस्त्र प्रहरी नायव उपरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत, गाविस (अध्यक्ष)
२६.सह सेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणिका कर्मचारी
२७. उपसेनानी, प्रहरी निरिक्षक, सशस्त्र प्रहरी निरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत
२८. सहायक सेनानी
मर्यादाक्रममा उल्लेख नभएकालाई कुनै औपचारिक समारोहमा सम्मिलित गराउनुपर्ने भएमा वा मर्यादाक्रम सम्बन्धमा कुनै दुविधा भएमा सम्बन्धित निकायले नेपालीको हकमा गृह मन्त्रालय र विदेशीको हकमा परराष्ट्र मन्त्रालयसंग सम्पर्क राख्नुपर्ने व्यवस्था छ ।
कुनैपनि सरकार वा संस्थाले आफ्ना पदाधिकारीहरुको तह वा क्रम मिलाउन मर्यादाक्रमको व्यवस्था गरेको हुन्छ । औपचारिक समारोहका बेला सोही क्रमानुसार सार्वजनिक पदाधिकारीको आसन तोकिएको हुन्छ ।
प्रतिकृया दिनुहोस्