Birendranagar Municipality

अछाममा ३ सय ५१ जना चुनावि मैदानमा

सेरोफेरो

७ असार, अछाम । अछाममा एक हजार तीन सय ५१ जनाले असार १४ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन । अछामका १० वटा स्थानिय तहमा चार सय ७० पदका लागि उमेद्वारी दिएका एक हजार तीन सय ५१ जना मध्ये मंगलबार अन्तिम दिन ५६ जनाले फिर्ता लिएपछि उमेद्वारको संख्या घटेको हो ।


चार सय ७५ जनप्रतिनिधी अछाममा छानिने भएपनी मंगलसैन नगरपालिका वडा नम्बर २ र ७ मा एमालेको तर्फबाट ५ जना वडा सदस्य निर्विरोध चयन भएपछी ४ सय ७० जनाका लागि चुनावि प्रतिस्पर्धा हुने भएको हो । जसमा ८ सय १२ पुरुष र ५ सय ३० जना महिला उम्मेद्वार रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ ।


अछाममा नेपाली काँग्रेसले रामारोशन गाउँपालिकामा र नेकपा एमालले मेल्लेख गाउपालिकामा अध्यक्ष पदमा महिलालाई उम्मेदवार बनाएको छ । यसैगरी दलित र राप्रपाले पनि साँफेबगर नगरपालिकाको मेयर पदका लागि महिलालाई अघि सारेको छ ।


मनोनयन दर्ताको सबै प्रक्रिया सम्पन्न भईसकेपछि असार १४ गते हुने निर्वाचनका लागि सबै राजनितिक दललाई चुनाव चिन्ह समेत प्रदान गरिसकिएको जिल्ला निर्वाचन अधिकारी चुँडाराज सापकोटाले बताए ।

२०७४ असार ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्