सेरोफेरो
७ असार, सुर्खेत । किसानहरुले गर्वका साथ ‘म किसानको छोरो हुँ’ वा ‘म किसान हुँ’ भन्ने वातावरणको सिर्जना गरिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय किसान आयोगले बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको किसान कल्याण कोषको आवश्यकता सम्बन्धी कार्यक्रमका सहभागीले उक्त कुरा बताएका छन् ।
किसानहरुको वैज्ञानिक तवरले वर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्ने, कृषकका लागि वर्षेनी आउने अनुदानको प्रभावकारी वितरण गरिनुपर्ने तथा कृषिप्रधान मुलुकमा कृषि कर्ममा लाग्न नयाँ पुस्तालाई समेत प्रेरित गर्नुपर्ने लगायतका माग सहभागी किसानले आयोगसमक्ष गरेका छन् ।
आयोगले बुधबार प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेतमा कृषक अधिकार एवं कल्याणकारी नीति पहिचानसम्बन्धी दुई दिने गोष्ठीको उद्घाटन गरेको हो । कार्यक्रममा कृषि विकास मन्त्रालयका कृषि अर्थ विज्ञ बासुदेव काºलेले कृषकको अधिकारको लागि बोल्ने एउटा मात्र आयोग राष्ट्रिय किसान आयोग भएको बताएका थिए । उनले भने– ‘कृषि अनुदान, सहुलियत ऋण, कृषि संरचना बिमा, बजार व्यवस्थापन लाई मुख्य ऐजेण्डा बनाएर लगे मात्र कृषकको हित हुन्छ ।’
कार्यक्रममा प्रदेश नम्बर ६ का विभिन्न कृषक संघ, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, कृषकहरु लगायतको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्