Birendranagar Municipality

फास्ट ट्रयाक निर्माण सम्बन्धी कार्यविधि पारित

फास्ट ट्रयाक निर्माण सम्बन्धी कार्यविधि पारित

तस्बिर : गुगल

सेरोफेरो

८ असार, काठमाडौं । सरकारले काठमाण्डौ तराईरमधेश जोड्ने द्रुतमार्ग फास्ट ट्रयाक निर्माणसम्बन्धी कार्यविधि पारित गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सो कार्य्विधि पारित गरेको हो ।

 

मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकले सहरी विकासका लागि दिने १ सय ५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सह–सचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

 

द्रुत मार्ग स्वदेशी लगानीमा बनाउने निर्णय बमोजिम सरकारले त्यसको जिम्मा नेपाली सेनालाई दिएको थियो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको अन्तिम समयमा फाष्ट ट्रयाक निर्माणको उद्घाटन गरेका थिए । साथै बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा किरण रेग्मीलाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।

 

२०७४ असार ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्