तस्बिर एजेन्सी
८ असार । अफ्गानिस्तानको हेलमन्द प्रान्तस्थित एक बैंक बाहिर कार बम विष्फोट हुँदा २० जनाको मृत्यु भएको छ । दर्जनौं घाईते भएका छन् ।
विष्फोटलगत्तै बैंकभित्र छिरेका केही हतियारधारी र सुरक्षाफौजबीच अहिले भीडन्त भइरहेको स्थानीय सञ्चारमाध्यमलाई उद्यृत गर्दैै बीबीसीले उल्लेख गरेको छ ।
हताहती भएकामध्ये अधिकांश सर्वसाधारण र सुरक्षा फौजका सदस्य छन् । घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यसअघि अफ्गानिस्तानमा भएका अधिकांश बम विष्फोटमा तालिवान बिद्रोही र ईश्लामीक अतिवादी समुह आइएस लडाकुको हात रहेको छ ।
प्रतिकृया दिनुहोस्