सेरोफेरो
८ असार, काठमाडौं । सरकारले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन आउन पाँच दिनमात्र बाँकी हुँदा सरकारले उनको सरुवा गरेको हो ।
सचिव मैनालीकै कारण आयोगका काम कारवाहीमा अवरोध सिर्जना भएको ठहर गरी उनलाई सरुवा गरिएको स्रोतले जनाएको छ । निर्वाचन सामग्रीको नाममा विलासी गाडी किन्ने निर्णय गर्नबाट मैनालीले आयोगलाई रोकेका थिए । यसका साथै भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतगणना गर्न पर्याप्त कानुनी आधार नभएको पनि उनले आयोगलाई सुझाएका थिए ।
साथै, अध्यक्ष अयोधीप्रसाद यादबले ‘भरतपुर काण्ड’को छानविनका लागि आयोगका कर्मचारीको मोवाइल फोन ‘कल डिटेल’ लिन सिआइबिलाई लेखेको पत्रको मैनालीले खुलेरै विरोध गरेका थिए ।
मैनालीको सरुवालगत्तै सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई आयोगको कामु सचिवमा पठाइएको छ ।
प्रतिकृया दिनुहोस्