फाइल फाेटाे
सेरोफेरो
९ असार, सप्तरी । संसदमा कुर्सी तोडफोड गर्ने नेकपा माओवादी केन्द्रका सांसद उमेश यादवले सप्तरीका स्थानीय विकास अधिकारी (एलडीओ)लाई हातपातको प्रयास गरेका छन् ।
पूर्व सिंचाईमन्त्री समेत रहेका यादवले एक दर्जन बढी व्यक्तिलाई लिएर एलडिओ पोखरेलको कार्यकक्षको ढोका तोडेर हातपातको प्रयास गरेको कर्मचारीहरुले बताएका छन् । एक कर्मचारीका अनुसार अँगरक्षक र कर्मचारीहरुले भित्र गई ढोका लगाएर पोखरेललाई बचाएका थिए ।
स्थानीय विकास अधिकारी पोखरेलले आफूमाथि हातपातको प्रयास भएको बताए । ‘भित्रबाट ढोका नलगाएको भए निश्चय नै आफूले आज पिटाई खान सक्ने अवस्था आउथ्यो, तत्कालै कर्मचारीहरु आउँदा मलाई केही भएन्न’ उनी भन्छन् ।
संविधानसभा बैठकमा माघ ८ गते कांग्रेस र एमालेसहितका दलहरूले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने तयारी गरेका बेला उदण्डता मच्चाइ अराजकता देखाएका यादवले सांसदहरू बस्ने कुर्सी तोडफोड गरेका थिए ।
त्यतिबेला देखिनै उग्र स्वभाव देखाउँदै आएका यादवले विहिबार स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेललाई जिल्ला समन्वय समितिको कार्यालयभित्रै हातपातको प्रयास गरेका हुन् ।
यता सांसद यादवले भने आफूले हातपात गर्ने त्यस्तो कुनै काम नगरेको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस्