Birendranagar Municipality

सकियो शिक्षक आन्दोलन

सकियो शिक्षक आन्दोलन

सेरोफेरो
९ असार, काठमाडौं । विभिन्न माग राखी विगत आठ दिनदेखि जारी अस्थायी शिक्षकको आन्दोलन चार बुँदे सहमतिपछि सकिएको छ । शुक्रबार उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा सम्पन्न वार्ता सफल भएपछि आमरण अनसनसहित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको हो ।


आफ्ना मागहरुको उचित सम्बोधन भएकोले अब आन्दोलन आवश्यक नभएको अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष हेमनाथ चौलागाईंले बताए । शिक्षा मन्त्रालयसंग भएको उक्त सहमतिमा सबै अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सामेल हुने मौका दिने तथा परीक्षामा अनुत्तिर्ण भए गोल्डेन ह्याण्डसेक दिने गरी ऐन संशोधन गर्ने भनिएको छ । साथै, शिक्षकहरुलाई औषधी उपचार खर्चको समेत व्यवस्था गर्ने सहमति भएको मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले बताए ।


यस्तै आन्तरिक तर्फको विज्ञापन संख्या समायोजनबारे अध्ययन कार्यदल गठन गर्ने तथा विज्ञापनको पाठ्यक्रम र परीक्षामा सुधार गर्ने सहमति पनि भएको छ ।

 

यद्धपी आन्दोलनरत केही शिक्षकले भने दरबन्दी समायोजन सम्बन्धि बुँदा अस्पष्ट र झुक्याउने खालको भएकोले सहमतिमा पुग्न नसकिने बताएका छन् ।

२०७४ असार ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्