Birendranagar Municipality

अख्तियारका पूर्व कर्मचारी खरेल घुस लिंदै गर्दा पक्राउ

अख्तियारका पूर्व कर्मचारी खरेल घुस लिंदै गर्दा पक्राउ

सेरोफेरो

१० असार सुर्खेत । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेल घुस लिंदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको टोलीले उनलाई भेरीगंगा नगरपालिका वडा नं १२ छिन्चु स्थित स्टार होटलबाट पक्राउ गरेको हो ।

 

खरेल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत थिए । उनी शुक्रबार राती ८:३० बजे सेवाग्राहीवाट ८७ हजार रूपैया घुस लिंदै गर्दा पक्राउ परेका हुन् ।

 

आयोगको क्षेत्रीय कार्यालयका निमित्त प्रमुख जंगबहादुर डाँगीका अनुसार खरेलले आफ्नै कार्यालयका कर्मचारी दलबहादुर घर्ती मार्फत उक्त रकम बुझेका थिए । खरेललाइ थप अनुसन्धानका लागि आयोगको केन्द्रिय कार्यालय काठमाडौंं पठाइएको डाँगीले सेरोफेरोलाइ बताए ।

२०७४ असार १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्