Birendranagar Municipality

चुनाव प्रचार आज दिनभर मात्र, मध्यरातबाट मौन अवधि

सेरोफेरो
११ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावको प्रचारप्रसार आइतबार मध्यरातसम्म मात्र गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आइतबार मध्यरातबाट मौन अवधि शुरु हुने छ । राजनीतिक दलले आज दिनभर चुनाव प्रचार गर्न पाउनेछन् ।

 

निर्वाचन आचारसंहिता अनुसार आइतबार मध्यरातबाट उमेदवारले प्रचारप्रसार गर्न नपाउने भएकाले दलहरु अन्तिम दिनको चुनाव प्रचारमा खटिएका छन् । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम गर्न रोक लगाइएको छ । अाइतबार निर्वाचन अायाेगले एक प्रेस विज्ञप्ति जारी गरी माैन अवधिमा गर्न नहुने तथा गरेमा अाचारसंहिता विपरित हुने कार्यहरू बारे जानकारी गराएकाे छ ।  

Press statement_1

यसैगरी सामाजिक संजाल तथा संचार माध्यमलाइ पनि आचार संहिता लाग्ने छ । मौन अवधिभर कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई भोट माग्दै विज्ञापन वा सन्देश प्रकाशन प्रसारण गर्न रोक लगाइएको छ ।

 

दोस्रो चरणको चुनावमा प्रदेश नं १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका एक महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा असार १४ गते मतदान सम्पन्न हुँदैछ ।

२०७४ असार ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्