Birendranagar Municipality

पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी, सयौ सर्वसाधरणले ज्यान गुमाए

पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी, सयौ सर्वसाधरणले ज्यान गुमाए

तस्विर एजेन्सी

एजेन्सीः पाकिस्तानको पञ्जाव प्रान्तको बहलपुर इलाकामा एक तेल बाहक ट्याङ्करमा आगालागी हुँदा कम्तिमा १०० भन्दा बढीको मृत्यु भएको छ । घटनामा एक सय भन्दा धेरै घाइते भएका छन् । ३३ टन तेल बोकेको ट्याङकरमा आगलागी भएको जिओ टि.भी पाकिस्तानले जनाएको छ ।


बहलपुरको स्थानीय अहमद पुर सकिया क्षेत्रमा ट्याङ्करबाट चुहिदै गरेको तेल झिक्न जम्मा भएका स्थानीयहरु ट्यांकरमा आगालागी हुदा जलेर मारिएका हुन् ।

 

स्थानिय प्रत्यक्षदर्शीका अनुसार स्थानीयले पिएको चुरोटबाट ट्याङ्करमा आगो लागेको जिओ टिभीलाइ उदृत गर्दे विविसीले जनाएको छ ।

२०७४ असार ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्