Birendranagar Municipality

सांसद लिम्बुको निधन

सेरोफेरो
११ असार, काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका–संसद सदस्य महिन लिम्बुको गए राती उपचारको क्रममा धरानमा निधन भएको छ ।

 Mahim

 

धनकुटास्थित साविकको बुढीमोरङ गाविस–२, तुमबारीमा बुबा रविलाल याखा र आमा धनरानी लिम्बुबाट २०१४ चैत ११ गते जन्मेकी लिम्बु ०६५ सालमा आठौं राष्ट्रिय महाधिवेशनबाट एमालेको बैकल्पिक केन्द्रीय सदस्य र ०७१ मा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन । उनी २०७० सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी थिइन् ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विहान धरान पुगेर दिवंगत लिम्बुको पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । लिम्बुकाे आजै धनकुटाको मूलघाटमा अन्त्येष्टी गर्ने कार्यक्रम छ ।

 

स्वर्गीय लिम्बुका पति दलबहादुर लिम्बु, दुई छोरा र एक छोरी छन् ।

२०७४ असार ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्