सेरोफेरो
११ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तहको चुनावमा सेना परिचालनको लागि राष्ट्रपति बिद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् ।
राष्ट्रिय सुरक्षा समितिकोे असार ७ को सिफारिस र मन्त्रिपरिषदको असार ८ को निर्णय र सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि आइतबार स्वीकृति प्रदान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयबाट जारी बिज्ञप्तिमा २०७४ असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस्