११ असार, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला गहुँ पाक्दै छ । तराईका जिल्लामा गर्मी बढ्दै जाने यो समयमा यहाँ आउने पर्यटकको पनि कमी छैन ।
डाँडाको टुप्पामा रहेको बजार, बजारको छेवैमा रहेको विमानस्थल र वरपर देखिने हरियालीले सिमकोटको सुन्दरता थपेको छ । सिमकोट भएर प्रसिद्ध तीर्थस्थल मानसरोवर जान सजिलो हुने भएकाले धेरै पर्यटकहरु यहाँ आइपुग्छन् ।
भुकम्पका कारण तातोपानी नाका बन्द भएपछि हिल्सा नाका हुँदै मानसरोवर जानेको संख्या बढेको छ । विशेष गरी मानसरोवरको यात्रा गर्नेमा भारतीय र नेपाली नागरिकहरु धेरै छन् ।




(तस्बिर : ललीतजंग शाही)
प्रतिकृया दिनुहोस्