Birendranagar Municipality

सुर्खेतमा बन्ने भो ‘कोल्ड स्टोर’

सुर्खेतमा बन्ने भो ‘कोल्ड स्टोर’

सेरोफेरो
१२ असार, सुर्खेत । सुर्खेतमा पहिलो पटक कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण हुन लागेको छ । वीरेन्द्रनगर १२ स्थित औधोगिक क्षेत्रमा एक बर्षभित्र उक्त कोल्ड स्टोर निर्माण हुने भएको छ । 

 

उच्च मूल्य कृषि वस्तु विकास आयोजना र कर्णाली कोल्ड चैन लजिष्टिक प्रा.लि. सुर्खेतको संयुक्त लगानीमा उक्त चिस्यान केन्द्र निर्माण हुन लागेको हो । सोमबार वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले शिलान्यास गरेको उक्त शीत भण्डार २५ सय मेट्रिक टन क्षमताको हुनेछ ।


किसानहरुबाट उत्पादित बिऊ बिजन स्टोर गर्ने, कच्चा तरकारीहरु तथा फलफूल लामो समयसम्म राख्न सकिने कर्णाली कोल्ड चैन लजिष्टिक प्रा.लि. का सञ्चालक एवं सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बताए । उत्पादनलाई बजारसम्म पुर्‍याउँदा भैरहेको सात प्रतिशत नोक्सानी कम गर्न चिस्यान केन्द्रले मद्दत पुर्‍याउने अधिकारीले दाबी गरे ।


चिस्यान केन्द्र निर्माण भएलगत्तै सुर्खेत वरपरका दैलेख, जुम्ला, हुम्ला, मुगु र कालीकोटमा उत्पादित तरकारी तथा फलफूलको भण्डारण गर्न तथा बेमौसममा उत्पादन बजारसम्म पुर्‍याउन सकिने जनाईएको छ । ११ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त कोल्ड स्टोरको लागत अनुमान १७ करोड रहेको छ ।

 

२०७४ असार १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्