Birendranagar Municipality

ईद मुवारक !

ईद मुवारक !

सेरोफेरो
१२ असार, सुर्खेत । इस्लाम धर्मावलम्बीको महान् पर्व ईद सोमबार विश्वभर मनाइएको छ । रमदान अर्थात् रोजा (व्रत) महिनाको अन्तिममा मुस्लिम समूदायले ईद मनाउँछन् ।


ईदमा राम्रो लुगा लगाउने, मिठो खाने तथा मस्जिदमा भेला भई नमाज पढ्ने गरिन्छ । ईदको अवसरमा नेपाल सरकारले सोमबार सार्वजनिक विदा दिएको थियो ।

 

ईदलाई नेपालमा सद्भावको पर्वको रुपमा पनि मनाइन्छ । नेपाली समूदाय बहुजातीय, बहुधार्मिक तथा बहुसाँस्कृतिक भएकाले पनि अन्य धर्मावलम्बीले समेत ईदमा सद्भाव बाँड्ने गरेको पाइन्छ ।

(तस्बिर : हारुन कादरी) 

२०७४ असार १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्