Birendranagar Municipality

तल्लुवगरमा स्वास्थ्य शिविर सम्पन्न

सेरोफेरो
१३ असार, सुर्खेत । जाजरकोटको विकट गाउँ नलगाड त्रिवेणी नगरपालिकाको भगवती तल्लुवगरमा पहिलो पटक एक दिने निःशुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । नलगाड सेवा समाजको समन्वयमा पूनम फाउण्डेसनले गरेको शिविरमा करीब एक हजार जनाले सेवा प्राप्त गरेका छन् ।

 

महिलाको पाठेघर खस्ने समस्या तथा बालबालिकालाई लक्षित गरी गरिएको शिविरमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत डाक्टरहरु जानुका गैरे, सरस्वती वोहरा, निशाकिरण न्यौपाने, डिकेन्द्रदेव गिरी, हेमन्त रावल, हरिशंकर देवकोटा लगायतले उपचार गरेका थिए । 

 

दुर्गम गाउँका जनताको आग्रहलाई स्वीकार गरी स्वास्थ्य सेवा दिने पवित्र उद्देश्यले शिविरको आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष पूनम विसीले जानकारी दिए ।
शिविरका लागि आवश्यक औषधी नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतले व्यवस्था गरिदिएको थियो ।

 

सदमुकाम खलंगाबाट करीव तीन दिनको पैदल दुरीमा रहेको तल्लुवगरमा पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीयहरु खुशी भएका थिए ।

 

२०७४ असार १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्