सेरोफेरो
१३ असार, काठमाडौं । साझा यातायातले ज्येष्ठ नागरिक र अपाङ्गलाई लाई निःशुल्क यात्रा गराउने घोषणा गरेको छ । ७० वर्ष पुगेका ज्येष्ठ नागरिकका साथै, क र ख बर्गका अपाङ्ले पनि काठमाडौं उपत्यका भित्र साझा यातायातका बस चढ्दा भाडा तिर्नु नपर्ने बताइएको छ ।
एक कार्यक्रमका बिच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले साझा यातायातले ल्याउने १२ वटा डिलक्स बस र एउटा सेमी लो फ्लोर बसका लागि ५ करोड रूपैयाँ उपलब्ध गराए छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा महानगरको तर्फबाट साझालाई उक्त रकम हस्तान्तरण गरिएको हो । यस संगै यात्रुहरुलाइ यात्राको लागि अझै सहज हुने अनुमान गरिएको छ ।
अहिले साझा यातायातका बसहरू काठमाडौं उपत्यकासहित उपत्यका बाहिर पनि जाने गरेका छन् । यसैबीच साझाका सबै गाडीमा अब स्मार्ट कार्डबाटै भाडा तिर्न सकिने व्यवस्था मिलाउने तयारी साझाले गरेको जनाएको छ ।
साझा यातायातले अहिलेसम्म १० वटा गाडीबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्