Birendranagar Municipality

मतदानको लागि लाइन बस्दा बृद्धको मृत्यु

सेरोफेरो
१४ असार, झापा । झापाको दमक नगरपालिकाको सरस्वती माद्यामिक विद्यालय स्थित मतदान केन्द्रमा मतदानका लागि लाइनमा उभिएका ८२ बर्षीय नगेन्द्र भण्डारीको निधन भएको छ । उनि लाइन बस्ने क्रममा ढलेका थिए ।

 

दमक नगरपालिका वडा नम्बर ९ निवासी भण्डारी बहोस भइ मतदान स्थलमा ढलेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी हरिप्रसाद शर्माले जानकारी दिए । भण्डारी लाइ मुटुको रोग रहेको बताइएको छ ।

 

मृतक भण्डारी २०५४ सालको स्थानीय चुनावमा साविक दमक नगरपालिका वडा नम्वर १४ बाट वडा निर्वाचित सदस्य हुन् ।


Mritak-bhandari-new

२०७४ असार १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्