सेरोफेरो
१४ असार, बाँके । दोस्रो चरणको स्थानिय तहको चुनावमा बुधबार बिहान ७ बजेदेखि मतदान प्रकृया शुरु भइरहेको छ । केहि जिल्लाहरुमा बर्षाका कारण कठिनाइ भएतापनि नागरिकहरुको उत्साह भने घटेको छैन ।
कति युवाहरुले पहिलो पटक आफ्ना जनप्रतिनिधीहरु चयनको लागि मतदान गर्न लाइनमा छन् । धेरै पटक मतदान गरिसकेका बृद्धहरु समेत स्थानिय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधीहरुले केहि गर्ने आशामा लाइनमा बसेर मतदान गरिरहेका छन् ।
स्थानिय तहको निर्वाचनमा प्रधानमन्त्री, सभामुख र विभिन्न दलका नेताहरुले समेत मतदान गरेका छन् ।
दोस्रो चरणको चुनावमा प्रदेश नं १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका एक महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा मतदान उत्साह पुर्वक भइरहेको छ ।








प्रतिकृया दिनुहोस्