सेरोफेरो
१४ असार, काठमाडौं । नेकपा एमालेले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सत्तापक्षले सत्ताको दुरुपयोग गरेको आरोप लगाएको छ । आज साँझ पे्रस विज्ञप्ति जारी गर्दे एमालेले निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दलहरु, उम्मेदवारहरु, राजनीतिक कार्यकर्ताहरु र मतदाताहरुलाई धन्यवाद दिएको छ ।
साथै, निर्वाचनका आधारभूत मूल्य र मान्यतामा बसेर निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकहरुरुलाई समेत धन्यवाद दिएको छ । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा संविधान निर्माणमा एमालेको भुमीकाबारे स्मरण गराएको छ ।
साथै निर्वाचनका क्रममा सत्तारुढ पार्टीद्वारा गरिएको सत्ताको दुरुपयोगप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ भनिएको छ । अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएको, अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्रमा लगायत विभिन्न मतदान केन्द्रमा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरेको एमालेको आरोप छ ।
विभिन्न घटनाको घोर भत्सर्ना गर्दै सत्ता–संरक्षित धाँधली भएका मतदान केन्द्रहरुमा पुनः मतदान गराउन एमालेले माग समेत गरेको छ ।
प्रेस विज्ञप्ति विस्तृतमा
प्रतिकृया दिनुहोस्