सेरोफेरो
१५ असार, सुर्खेत । १४ औं धान दिवस नेपाल भर मनाइएको छ । दुई बाली धानको बिस्तार, आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ विहीबार यो दिवस मनाइएको हो ।
सुर्खेतमा पनि धान दिवसको अवसरमा रोपाईं तथा हिले दौड प्रतियोगिता गरिएको छ । जिल्ला कृषि विकास कार्यालय सुर्खेतको आयोजना र सुन्दर नेपाल संस्था, वातावरण सुधार समाज, सुआहारा लगाएतका संस्थाहरुको समन्वयमा रोपाईं कार्यक्रममा महिला तथा पुरुष बीच हिले दौड प्रतियोगिता गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी र उप–मेयर मोहनमाया ढकाल लगायत विभिन्न सरकारी, गैरसरकारी संस्थामा कार्यरत कर्मचारी तथा किसानहरुले धान रापेर यो दिवस मनाएका छन् ।
प्रतिकृया दिनुहोस्