सेरोफेरो
१६ असार, सुर्खेत । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा असार १४ गते मतदान सम्पन्न भएको थियो ।
जारी मतगणनामा १५ सिटसहित नेकपा एमालेले सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको छ भने नेपाली काँग्रेस ११ र नेकपा माओवादी केन्द्रले ५ स्थानमा जित हासिल गरी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । यसैगरी राष्ट्रिय जनमोर्चाले एक स्थानमा जित हात पारेको छ ।
नेकपा एमालेले जितेका स्थानीय तहहरू
१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. बित्थडचिर गाउँपालिका, बझाङ
५. गौमुल गाउँपालिका, बाजुरा
६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
७. पञ्चेश्वर गाउँपालिका, बैतडी
८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
९. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
११. लेकम गाउँपालिका, दार्चुला
१२. त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी
१३. दुर्गाथली गाउँपालिका, बझाङ
१४. ताप्ली गाउँपालिका, उदयपुर
१५. खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
नेपाली कांग्रेसले जितेका स्थानीय तहहरू
१. महाकाली नगरपालिका, दार्चुला
२. बडिमालिका नगरपालिका, बाजुरा
३. छेडेदह गाउँपालिका, बाजुरा
४. काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. सिलिचोङ गाउँपालिका, संखुवासभा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी
८. अालिताल गाउँपालिका, डडेल्धुरा
९. भागेश्वर गाउँपालिका, डडेल्धुरा
१०. गन्यापदुरा गाउँपालिका, डडेल्धुरा
११. केअार्इसिंह गाउँपालिका, डोटी
नेकपा माओवादी केन्द्रले जितेका स्थानीय तहहरू
१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
४. बंगलाचुली गाउँपालिका, दाङ
५. भूमे गाउँपालिका, रूकुम
राष्ट्रिय जनमाेर्चाले जितेको स्थानीय तह
१. मल्लरानी गाउँपालिका, प्यूठान
प्रतिकृया दिनुहोस्