Birendranagar Municipality

युवा परिषद र हिसानबीच समझदारी

सेरोफेरो
१८ असार, काठमाडौं । युवा प्रतिभाको खोजी सम्बन्धमा राष्ट्रिय युवा परिषद र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान) बीच समझदारी भएको छ । युवामा रहेका प्रतिभा, कला र सीपको पहिचान गर्न उक्त सोमबार परिषद र संघबीच उक्त समझदारी गरिएको हो ।


युवा परिचालनको माध्यमबाट देश विकास गर्ने उद्देश्य रहेको परिषद र माध्यामिक तथा उच्च शिक्षा अध्ययन गर्ने विद्यालय तथा क्याम्पसमा भाइचारा अभिवृद्धि गर्ने उद्देश्य लिएका दुई संस्थाबीचको समझदारीले युवाको व्यक्तित्व तथा नेतृत्व विकास हुने विश्वास लिइएको छ ।


समझदारी अनुरुप अल्पकालीन र दीर्घकालीन युवा लक्षित कार्यक्रमहरु रहेका छन् । अल्पकालीन कार्यक्रममा युवा विद्यार्थीका लागि बैयक्तिक विकास तथा युवा प्रतिभा पहिचान कार्यक्रम रहेका छन् भने दीर्घकालीन कार्यक्रम अन्तर्गत युवा सिर्जना केन्द्रको निर्माण, उद्यमशीलता विकास लगायत सचेतनामूलक कार्यक्रम रहेका छन् ।


समझदारी अनुरुप २०७४ साउन १५ देखि २० गतेसम्म विशिष्ट युवा पहिचान कार्यक्रम आयोजना गरिने भएको छ । उक्त कार्यक्रम अन्तर्गत भिजन, गायन र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ ।

२०७४ असार १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्