Birendranagar Municipality

घोराही उपमहानगरमा एमालेका नरुलाल बने मेयर

घोराही उपमहानगरमा एमालेका नरुलाल बने मेयर

सेरोफेरो
१९ असार, सुर्खेत । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका नरुलाल चौधरी मेयर पदमा बिजयी भएका छन् । देशकै ठुलो उपमहानगर घोराहीमा चौधरीले २२ हजार ३० मतका साथ बिजयी भएका हुन् ।

 

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरे हुन् । यसैगरी माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका छन् ।


उपमेयरमा एमालेकी सीता न्यौपाने २० हजार सात सय ९२ मतका साथ बिजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठ १७ हजार छ सय तीन मत प्राप्त गरेकी छन् । घोराहीका १९ वटा वडा मध्ये एमालेले १०, काँग्रेसले ६ र माओवादीले ३ वडा अध्यक्ष जितेका छन् ।

 

२०७४ असार १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्