Birendranagar Municipality

राप्रपाका धवल बने नेपालगञ्ज उपमहानगरका मेयर

राप्रपाका धवल बने नेपालगञ्ज उपमहानगरका मेयर

सेरोफेरो
२० असार, सुर्खेत । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका उमेदवार डा. धवलसमशेर राणा निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका उमेदवार डा. सुरेशकुमार कनौडियालाई तीन हजार सात सय ८५ मतले पछि पारी विजयी भएका हुन् । राणाले १२ हजार पाँच सय १५ मत पाएका थिए ।


यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी उमेदवार उमा थापा विजयी भएकी छन् । उनले राप्रपाकी रमारानी वैश्यलाई हराई उपमेयर पदमा निर्वाचित भएकी हुन् । थापाले १० हजार सात सय ३१ र वैश्यले आठ हजार नौ सय २४ मत पाएका थिए ।

२०७४ असार २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्