Birendranagar Municipality

यसरी भयो लियोनल मेसीको बिवाहः आश्चर्यलाग्दो तथ्यहरु

यसरी भयो लियोनल मेसीको बिवाहः आश्चर्यलाग्दो तथ्यहरु

बिख्यात फुटबलर लियोनल मेसीले अन्तत बिवाह गरेका छन्, बाल्यकालकी साथी एन्तोनेला रोकुजोसँग ।

 

३० वर्षीय अर्जेन्टिनी फुटबलर मेसीले आफुभन्दा एक बर्ष कान्छी एन्तोनेलालाई दुलही बनाएको डेली मेलको अनलाइन संस्करणमा उल्लेख छ ।

 

लामो समय एकसाथ बस्दै आएका उनीहरुको दुई छोरा छन् । विश्वले व्याग्रतासाथ पर्खिरहेको उनीहरुको बैवाहिक समारोह सुक्रबार अर्जेन्टिनाको रोसारियो शहरमा सम्पन्न भएको हो । 

पाँच तारे होटलमा उनीहरुको बिवाह भइरहँदा विश्व चर्चित हस्तीहरुको बाक्लो जमघट भएको थियो ।

 

रोचक झलक

messi-weeding-2

– जहाँ मेसीको बिवाह सम्पन्न भयो, उक्त स्थान ड्रग माफिय ‘लस मोनोस’को कारण कुख्यात छ । त्यही स्थानमा यसपाली ख्यातीप्राप्त व्यक्तिहरुको जमघट भयो ।

 

-बिवाह अत्यन्त कडा सुरक्षाबीच गरिएको थियो, जसका लागि ४ सय ४० जना प्रहरी खटाइएको थियो । समारोहमा मोबाइल फोन निषेध गरिएको थियो ।

 

-मेसीले नेयमार लगायत आफ्ना सहकर्मीलाई निम्त्याएका थिए । नेयमार छुटै विमानबाट समारोहमा पुगेका थिए ।

messi-weeding-3_1

-मेसी गाढा निलो रंगको अर्मानी सुटमा सजिएका थिए, उनकी पत्नी सेतो गाउनमा । उनको गाउन सम्हाल्न दुई महिला नियुक्त गरिएको थियो ।

 

-विवाहका महिला निम्तालुको लुगा आपसमा मिल्छ भनेर विभिन्न रंगसहित तीन वटा छुटाछुटै लुगाको व्यवस्था गरिएको थियो । पुरुषहरुलाई तीनवटा छुटाछुटै रंगको सटको व्यवस्था गरिएको थियो ।

 

-प्लेब्वाई मोडल इभानजेलिना एन्डर्सनले अन्यसँग लुगा नमिलोस् भनेर आफैले ५ वटा विभिन्न डिजाइनको लुगा बोकेर पुगेकी थिइन् । उनी म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर मारिन डेमिचेलिसकी पत्नी हुन् ।

messi-weeding-1_1

-निम्तालु फुटलरका केस सज्जाका लागि चर्चित हेयरड्रेसर डान्टे पालाभेचिनोलाई बोलाइएको थियो । केस सज्जाका लागि मात्र ७० जना हेयर डिजाइनर खटिएका थिए ।

 

-भित्र मेसीको बिवाह चलिरहँदा बाहिर एक समर्थकले पनि आफ्नो जोडी बाँधेका थिए ।

 

मेसी र रोकुजो लभस्टोरी

 

मेसी र रोकुजो बाल्यकालका छिमेकी हुन् । ५ बर्षकै उमेरमा मेसीले रोकुजोलाई देखेका थिए । त्यसपछि उनी १३ बर्षको उमेरमा स्पेन पुगे । उनी फुटबल क्लब बार्सिलोनामा भर्ती भए । यद्यपी उनीहरु सधै सम्पर्कमा रहन्थे । उनीहरुको यो मित्रता प्रेममा बद्लियो । २००८ मा मेसी र रोकुजो एकसाथ बस्न थाले । उनीहरुबाट दुई छोरा समेत जन्मिए ।

 

मेसीको बिवाहले विश्वकै ध्यान खिच्यो । समाचारमा जनाइएअनुसार बिवाह समारोहमा विश्वविख्यात फुटबलर र हलिउड स्टार्स पुगेका थिए । उनीहरु निजी बिमानमार्फत त्यहा पुगेका थिए ।

messi-weeding-4

– मेसीकी पत्नी एन्तोनेलाको पहिरन बिशेष किसिमले निजी बिमानमा रोसेरियो पुर्‍याइएको थियो ।

 

-रिंग सेरोमनीपछि मेसीले एन्टोनेलालाई वेडिङ किस गरेका थिए ।

 

-बिवाह समारहेपछि मेसी र एन्टोनलाले मिडियालाई पनि केहि समयदिएका थिए । समारोहका अन्य समयमा चाँहि मिडियालाई अलग गरिएको थियो । मोवाइल फोन बन्देज गरिएको थियो ।

 

-पाहुनालाई वेलकम किटको रुपमा रेड वाइन, लोकल डिजर्ट र चकलेट बक्स दिइएको थियो ।

messi-and-wife 5

(अनलाइनखबरबाट)

२०७४ असार २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्