Birendranagar Municipality

कमल गाउँपालिका अध्यक्ष गोलाप्रथाबाट निर्वाचित

कमल गाउँपालिका अध्यक्ष गोलाप्रथाबाट निर्वाचित

सेरोफेरो
२० असार, सुर्खेत । मत बराबर भएपछि गोलाप्रथाबाट नेकपा एमालेकी मेनका काफ्ले झापाको कमल गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छन् ।

 

एमालेकी काफ्ले र नेपाली काँग्रेसका हुकुमसिंह राईको मत बराबर भइपछि गोलाप्रथा गरिएको थियो । दुबै उमेदवारले आठ हजार दुई सय ७५ मत ल्याएका थिए । मत बराबर आएपछि निर्वाचन आयोगसंगको परामर्शमा निर्वाचन अधिकृतले दुवै उमेदवारलाई गोला तान्न लगाएका थिए ।

२०७४ असार २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्