Birendranagar Municipality

रेड पाण्डा र चितुवाको छालासहित तीन पक्राउ

रेड पाण्डा र चितुवाको छालासहित तीन पक्राउ

सेरोफेरो

२० असार, सुर्खेत । रेड पाण्डा र चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीले मंगलबार उनीहरुलाई वीरेन्द्रनगर ३ तातापानीबाट पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा दैलेखको महावु गाउँपालिका ३ का ३८ बर्षीय दीपक सिंह, नारायण नगरपालिका ११ का ३५ बर्षीय बलबहादुर सिंह र कालीकोट खाँडाचक्र नगरपालिका ३ का २४ बर्षीय रमित मल्ल रहेका छन् ।


उनीहरुबाट दुई थान रेड पाण्डाको छाला, दुई थान चितुवाको छाला र चितुवाको शरीरका विभिन्न भागका ४६ वटा हड्डी बरामद गरिएको प्रहरी नायव उपरीक्षक निशान थापाले सेरोफेरोलाई जानकारी दिए ।

२०७४ असार २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्