सेरोफेरो
२१ असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका लुटबहादुर रावत विजयी भएका छन् ।
रावत आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भानुभक्त भट्टराईलाई ८३ मत अन्तरले हराउदै रावत मेयरमा विजयी भएका हुन । रावतले ९ हजार ७ र भट्टराईले ८ हजार ९ सय २४ मत प्राप्त गरे ।
उप–मेयरमा नेपाली काँग्रेसकी सञ्जुकुमारी चौधरी विजयी भइन् । उनले दश हजार ५६ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मदेवारले ९ हजार तीन सय ७९ मत प्राप्त गरेकी छन् ।
प्रतिकृया दिनुहोस्