सेरोफेरो
२१ असार, सुर्खेत । बुटवल उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका शिवराज सुवेदीको जीत सुनिश्चित भएको छ । बुटवलका १९ वडामध्ये १८ वडाको मतगणनामा सुवेदीले २२ हजार चार सय ८४ मत प्राप्त गरेका छन् ।
उनी काँग्रेस र माओवादी केन्द्रका साझा उमेदवार खेलराज पाण्डेभन्दा दुई हजार पाँच सय ४३ मतले अगाडी छन् । मतगणना हुन बाँकी वडा नम्वर १९ मा एक हजार नौ सय ३५ मत खसेको छ ।
यसैगरी उपमेयरमा एमालेकी गोमा आचार्य काँग्रेस–माओवादी केन्द्र गठबन्धनका उमेदवार जगतबहादुर पोखरेलभन्दा १० हजार तीन सय ९१ मतले अगाडी छन् ।
प्रतिकृया दिनुहोस्